काठमाडाैं- तारकेश्वर नगरपालिका वडा नम्बर ३ तीनपिपलेस्थित श्री कालिकाशरण माध्यमिक विद्यालयकाे भवन पुननिर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको सो विद्यालयमा ४ कोठे आरसिसी भवन निर्माण गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं जिल्ला आयोजना ईकाई शिक्षाले मंगलबार एक कार्यक्रम गरी समितिलाई हस्तान्तरण गरेको हो।
_x000D_
_x000D_
६४ लाख ९१ हजार ६ सय ८ रुपैयाँ लागतमा बनेको भूकम्प प्रतिरोधी भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले सामुदायिक विद्यालयका शिक्षकले पाउने सेवा सुविधा, दरबन्दी लगायत आन्तरिक व्यवस्थापनमा नगरपालिकाकाले आवश्यक पहल गरिरहेको बताए। शिक्षाको गुणस्तरमा फड्को मार्ने सवालमा भने विद्यालय व्यवस्थापन समिति र शिक्षक नै प्रतिवद्ध हुनुपर्ने आवश्यकता औल्याए।
_x000D_
_x000D_
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय ईकाई (शिक्षा) काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले निर्धारित समयभन्दा ३ महिना १४ दिन अगाडि नै भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे। 'सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्दे विद्यार्थी भर्ना संख्या बढाउने तर्फ उन्मुख हुन जरुरी छ' उनले भने। ईकाईले विद्यालय भवनको क्षतिको अवस्थाअनुसार भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।