विराटनगर– बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरका एक युवकलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
फिदिम नगरपालिका–१२ की २६ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय सुमन केरुङ पक्राउ परेका हुन्।
_x000D_
_x000D_
केरुङले गत असोज १३ गते राति मोबाइलमा फोटो देखाउने बहानामा ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीको उजुरीकै आधारमा केरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
_x000D_
_x000D_
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।