विराटनगर– मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी बजारमा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
_x000D_
_x000D_
पूर्व जाँदै गरेको को१ख २९४४ नम्बरको ट्रकले बाटो काट्ने क्रममा को२५प २८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
_x000D_
_x000D_
ठक्करबाट मोटरसाइकलमा सवार कटहरी गाउँपालिका–४ का ५० वर्षीय जगदिश गुप्ता र उनका छोरा २२ वर्षीय प्रमोद गुप्ता घाइते भएका थिए।
_x000D_
_x000D_
घाइते दुबैलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको थियो। उपचारकै क्रममा बाबु जगदिशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
_x000D_
_x000D_
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।