काठमाडौ– ३० हजार रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ परेका छन्। सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारीलाई नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
_x000D_
_x000D_
अन्सारीलाई मलंगवा नगरपालिका–१० टावरचोकबाट मंगलबार पक्राउ गरिएको आयोगले जनाएको छ।
_x000D_
_x000D_
अन्सारीले पटक–पटक रकम माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी गर्दा उनी रकमसहित पक्राउ परेका हुन्।
_x000D_
_x000D_
नियन्त्रणमा लिएका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।