काठमाडौं– ३० हजार घुससहित प्रहरी हवल्दार पक्राउ परेका छन्।
_x000D_
_x000D_
सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारीलाई नेपाल-भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मलंगवा नगरपालिका–१० टावरचोकबाट मंगलबार पक्राउ गरेको हो।
_x000D_
_x000D_
अन्सारीले पटकपटक रकम माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी गर्दा रकमसहित पक्राउ परेका हुन्। नियन्त्रणमा लिएका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।