• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रम स्विकृतिका लागि घन्टौं लाम बस्नुपर्ने बाध्यता सधैंका लागि हट्यो

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  १५:२२
1140x725

काठमाडौं- कतार जानुअघि श्रम स्वीकृतिको आवेदन दिन आउँदा काभ्रेका जलन कुँवार ४ घन्टा लाइनमा बसेका थिए। रि-इन्ट्री प्रक्रियाकै लागि घन्टौंसम्म उभिनुपर्‍यो। तीन वर्षअघि उनले भोगेजस्तो पीडा अब वैदेशिक रोजगारमा जाने युवाले खेप्नुपर्नेछैन।

_x000D_ _x000D_

किनकि असोज १ देखि अनलाइन प्रणाली लागू भएपछि सकसपूर्ण बाध्यता हटेको छ।

_x000D_ _x000D_

'पहिलो पटक छुट्टीमा आएर फर्किने बेला ४/४ घन्टामा लाइन बसेको थिएँ। अहिले आवेदन दिएको आधा घन्टामै काम सकियो। श्रम स्वीकृति पाइयो,’ उनी खुसी हुँदै भन्छन्। 

_x000D_ _x000D_

श्रम स्विकृतिका लागि अनलाइन प्रणाली लागू भएपछि ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय श्रमग्राममा घन्टौं लाम लाग्नुपर्ने बाध्यता पूरै हटेको छ।

_x000D_ _x000D_

साउदी अरब जान लागेका महोत्तरीका दिनेश यादवले बिमा र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रकम तिरेर आवेदन दिएको आधा घन्टामै श्रम स्वीकृति निस्किएको बताए। २ वर्षअघि आवेदन दिँदा ३ दिनपछि पनि श्रम स्वीकृति नपाएको पीडा सम्झिँदै उनले भने, 'अनलाइन सिस्टम लागू भएपछि झन्झटबाट मुक्ति पाइयो।'

_x000D_ _x000D_

बिहान १० बजे नै बैंकमा पैसा तिरे पनि ५ घन्टासम्म रकम तिरेको भौचर बोकेर लाइन बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

कतिपय युवाले त छिटो काम गरिदिनका लागि बिचौलियालाई घुससमेत खुवाउने गरेका थिए। चितवनका रामकुमार सेन्ताङ भन्छन्, 'पहिलो पटक श्रम स्वीकृति लिन आउँदा ५ घन्टा लाइनमा बस्दा पनि काम भएन। घुस खुवापछि मात्रै काम सकेर फर्किएँ।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_
_x000D_

'विगतमा विवादित फाइल हराउने समस्या रहेछ। अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ। कुनै कामदारलाई समस्या भयो भने अनलाइनमाफतनै समाधान हुन्छ।’

_x000D_
_x000D_ _x000D_

गलत नामावली, तालिम नलिई अभिमुखीकरणको प्रमाणपत्र लिने, नक्कली बिमा जस्ता समस्यासमेत अनलाइन सिस्टमबाट हटेको छ। 'यो प्रणाली असफल पार्न केही बिचौलियासँग मिलेका केही कर्मचारीले धेरै मेहनत गरेका थिए तर सफल भएनन्,' एक कर्मचारीले भने।

_x000D_ _x000D_

श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले अनलाइन प्रणाली कामदार र कर्मचारी दुवैको काममा ठूलो राहत मिलेको बताउँछन्। 'विगतमा विवादित फाइल हराउने समस्या रहेछ। अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ। कुनै कामदारलाई समस्या भयो भने अनलाइनमाफतनै समाधान हुन्छ,’ उनी भन्छन्। 

_x000D_ _x000D_

श्रम स्विकृतिका लागि कामदार आफैले फाराम भर्न सकून् भनेर यो प्रणाली लागू गरिए पनि विभागको वेबसाइट कामदारमैत्री बन्न सकेको छैन। संस्थागत तर्फबाट जानेहरुको विवरण म्यानपावर कम्पनीले भरिदिए पनि व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत जान लागेकाहरुले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्ने हुन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

वेबसाइटमा सहजै फाराम भर्ने ठाउँ देख्न नसक्ने अवस्था छ भने साइबरमा बिचौलियाले फाराम भरिदिँदा मात्रै ढुक्क हुने अवस्था नभएको एक युवाले बताए। 

_x000D_ _x000D_

कसरी भर्ने फाराम? 
_x000D_ वैदेशिक रोजगारीमा जाने कामदारले विभागको वेबसाइटमार्फत आफै फाराम भर्न सक्छन्। ‘युजर नेम’ र ‘पासवर्ड’ राखेपछि वैदेशिक रोजगार विभागलाई ‘युजर नेम’को जानकारी गराउनुपर्छ। ‘युजर नेम’बाट आएका विवरणलाई विभागले स्विकृति प्रदान गर्दछ। 

_x000D_ _x000D_
_x000D_

साइबरमार्फत फाराम भरेको ३ सय रुपैयाँ लिन पाउने व्यवस्था छ। तर सेवाग्राहीसँग बिचौलियाले ७ सयदेखि २ हजारसम्म लिने गरेका थिए।

_x000D_
_x000D_ _x000D_

फाराम भरिसकेपछि बिमा रकम र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकम बैंकमार्फत तिरेको विवरण, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको प्रमाणपत्र अनलाइन प्रणालीमार्फत आएपछि मात्रै श्रम स्विकृति जारी हुन्छ। कामदारले संस्थागत र व्यक्तिगत श्रम स्विकृतिबारे प्रस्ट खुलाउनुपर्छ। 

_x000D_ _x000D_

बिचौलियाको अन्त्य  
_x000D_ साइबरमार्फत फाराम भरेको ३ सय रुपैयाँ लिन पाउने व्यवस्था छ। तर सेवाग्राहीसँग बिचौलियाले ७ सयदेखि २ हजारसम्म लिने गरेका थिए। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बिमा भर्ने कार्यालय नै खडा गरेर बसेका बिचौलियाले सोल्टी मोडदेखि नै सेवाग्राहीको पछि लागेर ठग्ने गरेका थिए। कतिपय बिचौलियाले सबैको एकमुष्ट रकम जम्मा गरेर बिमा र कोषको रकम बैंकमा बुझाइदिने भन्दै कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर रकम असुल्थे।

_x000D_ _x000D_

_x000D_ _x000D_

अनलाइन प्रणाली लागू भएपछि बिचौलियाको बिगबिगी र ठगी नियन्त्रण भएको श्रम कार्यालय प्रमुख खतिवडा बताउँछन्।

_x000D_ _x000D_

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वर्षको प्रयासपछि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो। 

_x000D_ _x000D_

विदेशस्थित नेपाली दूतावास, कन्सुलर सेवा विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई यो सिस्टमले एउटै सर्भरमा जोडेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार केसुराम सारु मगरको ढुंगा–माटोले बनेको तीनतले घर पहिरोले पुरिँदा उनकी ५९ वर्षीया श्रीमती कृष्ण... शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी प्राधिकरणले सूचना जारी गर्दै बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वजानकारी दिने व्यवस्था मिलाइएक... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्