• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २६, २०८२ Wed, Nov 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहाँ पुग्यो पूर्वराजदूत झाको हत्या अनुसन्धान?

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  १८:३०
1140x725

काठमाडौं– पूर्वराजदूत केशवराज झाको हत्या भएको डेढ महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो।

_x000D_ _x000D_

हत्याको अनुसन्धानका क्रममा विभिन्न पाटाहरु केलाइरहेको प्रहरीले दावी गर्दैआएको छ। तर प्रहरीलाई समेत चित खुवाउने गरी भएको यो हत्या अझै पनि रहस्यमै छ। 

_x000D_ _x000D_

प्रहरीले झा हत्यालाई रहस्यमय हत्यामध्ये एक भएको बताउँदै आएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाको जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाले झा हत्याको अनुसन्धान गरिरहेको छ।

_x000D_ _x000D_

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको टोलीले सो हत्याकाण्डको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाइ छ। सोधपुछ र बयान लिने कामबाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन। 

_x000D_ _x000D_

रहस्यमय भनिएको हत्या अनुसन्धानबारे एसपी राठौर भन्छन्, ‘अनुसन्धान कि १०० प्रतिशत, कि जिरो प्रतिशत। हामी अहिले जिरोमै छौं।’

_x000D_ _x000D_

_x000D_ _x000D_

हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। सोमबार मध्यान्ह मात्रै प्रहरीको एक टोली बबरमलस्थित झाको घरमा सोधपुछ गरेर फर्किएको छ। 

_x000D_ _x000D_

झा हत्याको आरोपमा पक्राउ परेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते ८÷८ हजार रुपैयाँ धरौटीमा छुटेपछि घटना झनै रहस्यमय बन्दै गएको छ। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएपछि धरौटीमा रिहा भएका थिए। अहिले झाको घरको सुरक्षा गार्ड र माली समेत परिवर्तन गरिएको छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

बिरामीले डाक्टरलाई विश्वास गरेजस्तै मैले प्रहरीलाई विश्वास गरेको छु– झाका छोरा किरण
_x000D_ घटनाको दुई दिनअघि मात्र विदेश गएका झाका छोरा–बुहारी घटनापछि नेपाल फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा नेपालमै छन्। छोरालाई बोलाएर पटकपटक प्रहरीले सोधपुछ गरिरहेको छ। सोमबार उनकै निवासमा गएर प्रहरीले थप सोधपुछ गरिरहेको छ। 

_x000D_ _x000D_

बाबुको हत्या अनुसन्धानको बारेमा जिज्ञासा राख्दा छोरा किरणले अहिले बोल्न नमिल्ने बताए। उनले नेपाल लाइभसँग भने ‘अनुसन्धान प्रहरीले गरिरहेको छ। अनुसन्धानमा मेरो समर्थन छ। निर्दोष नपक्रियोस्, दोषी नउम्कियोस्, दोषीले सजाय पाओस्।’

_x000D_ _x000D_

उनले थपे ‘हिजो मात्रै १३ वर्षअघिको घटनाको हत्यारा पक्राउ परे भन्ने सुनें, यो घटना त्यस्तो नहोस्।’ प्रहरीको अहिलेसम्मको अनुसन्धानमा आफू सन्तुष्ट रहेको र अपराधी पक्राउ पर्नेमा विश्वस्त रहेको उनले बताए । 

_x000D_ _x000D_

‘म डाक्टर हुँ। म भएको ठाउँमा बिरामी विश्वास गरेरै आउने हुन्,’ किरणले भने ‘प्रहरीको काम अनुसन्धान गर्ने हो। बिरामीले मलाई (डाक्टर) लाई विश्वास गरेजस्तै मैले पनि प्रहरीलाई विश्वास गरेको छु।’ 

_x000D_ _x000D_

झाका छोरा किरण आयरल्याण्डमा डाक्टरी पेसामा आबद्ध छन्। 

_x000D_ _x000D_

सोधपुछ झण्डै ४ सय जनासँग, परिणाम शून्य
_x000D_ प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म झण्डै ४ सयजनासँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम भने शून्य छ। ‘हामीले परिवारका सदस्यसहित झण्डै ४ सयजना व्यक्तिसँग सोधपुछ गरिसकेका छौं,’ एसपी राठौरले भने, ‘अनुसन्धान जटिल छ।’

_x000D_ _x000D_

प्रहरीको अनुसन्धानको सुई प्रहरीतर्फ नै पनि मोडिएको छ। बन्द कोठामा गेटमा पाले बसेको अवस्थामा भएको हत्यामा परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। हत्याको अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

किचेनको चक्कुमा किन फेला परेन फिंगर प्रिन्ट, हत्या पेसेवरबाट?
_x000D_ प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कुलगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। चक्कुमा समेत कुनै प्रमाण नछोड्नुले हत्या पेसेवरबाटै भएको हुनसक्ने पनि प्रहरीको आकलन छ। चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन। प्रहरीले बरामद गरेको पञ्जा हत्या गर्दा प्रयोग नगरेको पाइएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तालिमप्राप्त कुकुर लगेर घटनास्थमा स्न्याफिङ गराउँदा समेत हत्याको क्लु फेला पर्न सकेन। कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी निर्दोष देखिए।

_x000D_ _x000D_

सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन। 

_x000D_ _x000D_

राजधानीमै भएको भिआइपी व्यक्तिको हत्या घटना भने अहिले सेलाउँदै गएको छ। किनकि यतिबेला कञ्चनपुर प्रकरण निकै तातेको छ, जुन प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ।

_x000D_ _x000D_

नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर बनिरहँदा एक वयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदा कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाब सिर्जना भएको छैन।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ
२५४४ अंकमा झर्‍यो सेयर बजार, चार कम्पनीको कारोबारमा सर्किट
सिन्धुलीमा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
सम्बन्धित सामग्री
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्यालले उनलाई बिदाइ गरेका हुन्। बुधबार, कात्तिक २६, २०८२
सिन्धुलीमा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरस... बुधबार, कात्तिक २६, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ बुधबार, कात्तिक २६, २०८२
२५४४ अंकमा झर्‍यो सेयर बजार, चार कम्पनीको कारोबारमा सर्किट बुधबार, कात्तिक २६, २०८२
सिन्धुलीमा मोटरसाइकलसँग ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते बुधबार, कात्तिक २६, २०८२
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु बुधबार, कात्तिक २६, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्