काठमाडौं– पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृत्तकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
आज बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।