बाजुरा– खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा र्याली निकालेका छन्। गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले र्याली निकालेका हुन्।
_x000D_
_x000D_
वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले र्याली निकालेका थिए। मञ्चका अध्यक्ष दीर्घमतीदेवी ओलीले जुवातास, जाँडरक्सी बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न माग गरे।
_x000D_
_x000D_
महिला हिंसाका घटना बढेकाले त्यसको रोकथामका लागि अभियान थालिएको उनको भनाइ छ। गाउँपालिकाले मदिरा सेवनको कार्य पूर्ण रूपमा बन्द गरिसक्दा पनि गाउँमा सेवन गर्नेको संख्यामा कमी नभएकाले त्यसको तत्काल रोकथाम गरिनुपर्ने उनीहरूको माग छ।
_x000D_
_x000D_
पहिलो चरणमा सचेतनाका लागि नारा जुलुस प्रदर्शन गरेको भन्दै मदिरा सेवन गर्ने र बिक्री गर्ने काम नरोकिए आन्दोलन गर्ने ओलीले बताए। गाउँपालिकाले गरेको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि महिलाले अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुन्ती बुढा साउदको ध्यानाकर्षण गराएका छन्।
_x000D_
_x000D_
निर्णयले मात्र मदिरा नियन्त्रण नहुने भएकाले त्यसको कार्यान्वनमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।