लहान– प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट ६१ हजार बराबरको पटाका बरामद गरेको छ।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
_x000D_
_x000D_
बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्याएर नष्ट गरिने प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाका लगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।