चितवन– पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिंदा साेमबार राति मोटरसाइकल चालककाे मृत्यु भएकाे हाे।
_x000D_
_x000D_
मृत्यु हुनेमा चितवनकाे खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरी रहेकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।