काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डकाे सवारी साधन आवागमनमा राेक लगाइने भएको छ। चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो।
_x000D_
_x000D_
डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए। “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने।
_x000D_
_x000D_
उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो। डिभिजन कार्यालयले चाडपर्व नजिकिंदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो।
_x000D_
_x000D_
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।