राजविराज– सप्तरीमा सोमबार पोखरीमा डुबेर एक बालकसहित दुईजनाकाे भएको छ। भारतको सुपौल जिल्ला कुनौली ग्रामपञ्चायत १८, बथनाहवाट पाउना आएका अशोक मण्डलका २ वर्षीय छोरा अर्जुन मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ।
_x000D_
_x000D_
उनी कञ्चनरुप नगरपालिका– १ स्थित मनोज पंजियारको घरमा पाहुना आएका थिए। घर नजिकै खेल्ने क्रममा पोखरीमा लडेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
_x000D_
_x000D_
यसैगरी, महादेवा गाउँपालिका– १ मा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। पोखरीमा नुहाउन गएकी हरि सदाकी छोरी १५ वर्षीया पुनिताको डुबेर मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।