राजविराज– सप्तरीको राजविराजस्थित जिल्ला कारागारका एक कैदीको आइतबार राति मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–५, लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए।
_x000D_
_x000D_
पिसाबमा इन्फेक्सन भएका कारण साहको मृत्यु भएको कारागारले जनाएको छ।
_x000D_
_x000D_
अत्यधिक ज्वरोले ग्रस्त साहलाई अस्पताल लगेर उपचार गराउँदै ल्याउने गरिएको थियो। तर, पछिल्लो पटक भने उपचारकै क्रममा उनको मृत्यु भएको यादवले जानकारी दिएका छन्।
_x000D_
_x000D_
गत शनिबार १०४ डिग्री ज्वरो आएपछि औषधि उपचारपश्चात् सामान्य हुँदै गएका साह आइतबार पुनः सिकिस्त भएका थिए। दिउँसो २ बजे उनलाई अस्पताल भर्ना गरिएकोमा राति सवा ९ बजे मृत्यु भएको यादवको भनाइ छ।
_x000D_
_x000D_
चोरी मुद्दामा ९ लाख धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत राजविराजको आदेशमा गत २०७४ माघ २८ गते साहलाई कारागार चलान गरिएको थियो। साहसहित ४ जना कारागार चलान भएका थिए। जसमध्ये २ जना धरौटी बुझाएर रिहा भएको र राजविराज ४ का २८ वर्षीय मुरली साह बाँकी रहेको जेलर यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।