काठमाडौं- महानरीय प्रहरी परिसर ललितपुरले चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। सामबार सार्वजनिक सुरक्षा योजनामा प्रहरीले बैंकिङ क्षेत्र तथा आर्थिक कारोबार हुने ठाउँमा सुराकी प्रहरी परिचालन गर्नेदेखि 'हिट एन्ड रन'मा विशेष निगरानी बढाउनेसम्मको योजना सार्वजनिक गरेको हाे।
_x000D_
_x000D_
वित्तीय कारोबार हुने क्षेत्र, व्यापारिक क्षेत्रमा चोरी तथा लुटपाट हुनसक्ने भन्दै त्यस्ता ठाउँमा सुराकी प्रहरी परिचालन गरिने ललितपुरका एसपी शेखर खनालले जानकारी दिए। 'सादा पोशाकमा रहेका सुराकी प्रहरीले आपराधिक गतिविधिको सुक्ष्म निगरानी गर्नेछन्। यसका लागि प्रहरीले २१ वटा सुराकी प्रहरी टोली बनाएर परिचालन गरेको छ' उनले भने, ‘सुराकी प्रहरीले निगरानी गर्ने, सूचना संकलन गर्ने, अपराधीको सूचना उपलब्ध गराउने छन्’। त्यसपछि नजिकैको प्रहरी टोलीले त्यस्ता व्यक्तिलाई नियन्त्रण लिने जानकारी उनले दिए।
_x000D_
_x000D_
चाडपर्वमा मादक पदार्थ खाएर सवारी चलाउने र मान्छेलाई ठोक्किाएर भाग्ने क्रम रहेकाले त्यसतर्फ पनि विशेष निगरानी बढाउने प्रहरीले जनाएको छ। गतवर्षका अनुभवबाट यस्तो शैली धेरै भएको तर ठक्कर दिने सवारी पक्राउ नपरेकाले यस पटक विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ललितपुरमा २१ वटा पैदल गस्ती टोली, २९ ठाउँमा पिकेट, १३ वटा मोबाइल गस्ती, क्युआरटी ३३ वटा, साइकल गस्ती २१ वटा, सिआरभी १६ वटा, आकस्मिक चेकिङ ११ स्थानमा हुने प्रहरीले जनाएको छ। अपराध नियन्त्रणका लागि २४ घन्टा गस्ती गर्ने र त्यसका लागि १ हजार ७ जना प्रहरी परिचालन गरिने ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।