वीरगन्ज– नेपालीको महान चाड दसैं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवान्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले भनाइ छ।
_x000D_
_x000D_
चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्थाजस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ। साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।