धनगढी– कैलालीमा सडक दुर्घटनामा परी एक वृद्ध महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
धनगढीबाट हसुलियातर्फ जाँदै गरेको से१ख १०२५ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो गोदावरी नगरपालिकाको वल्मीमा दुर्घटना भएको हो।
_x000D_
_x000D_
दुर्घटनामा ६९ बर्षीया वृद्ध इश्वरा देवी बिनाडीको मृत्यु भएको छ भने अन्य ७ जना यात्रु घाइते भएका कैलाली प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।