काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले दातृ निकायद्वारा सञ्चालित परियोजनाको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
_x000D_
_x000D_
मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा सञ्चालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। सोमबार ललितपुरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले जनताको जीवनस्तर बढाउने गरी ठोस योजना तय गर्न पनि कृषिसँग सम्बन्धित परियोजनाहरुलाई सचेत गराए।
_x000D_
_x000D_
जनतामा सकारात्मक योगदान दिन नसक्ने परियोजना नेपाललाई आवश्यक नरहेको मन्त्री खनालको भनाइ छ।
_x000D_
_x000D_
मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक प्रविधि भित्र्याउने दिशामा पनि विशेष जोड दिन दातृ निकायद्वारा सञ्चालित परियोजनाहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।