दाङ– नातिनीलाई करणी गरेको आरोपमा दाङमा एक हजुरबुवा पक्राउ परेका छन्। दाङ देउखुरीका ६५ वर्षीय हजुरबुवाले १२ वर्षीया नातिनीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
_x000D_
_x000D_
नातिनीलाई ललाइफकाई पटक–पटक करणी गर्ने गरेको भन्दै परिवारले दिएको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अरुण कुमार सिंहले जानकारी दिए।
_x000D_
_x000D_
‘बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ, पक्राउ परेका आरोपीको हकमा आजै म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ’, प्रहरी निरिक्षक सिहले भने, ‘परिवारकै सदस्यले जाहेरी दिनुभएको हो, पटक–पटक करणी भएको भन्ने छ, छानबिन हुँदैछ।’
_x000D_
_x000D_
आरोपित व्यक्ति बालिकाका कान्छो हजुरबुवा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।