हुम्ला– चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको एक करोड ८४ लाख ८ हजार रुपैयाँ बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ।
_x000D_
_x000D_
जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
गएको भदौ १ गतेदेखि अहिलेसम्म ३ हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।