काठमाडौं- प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
_x000D_
_x000D_
आईतबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वको समयमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
_x000D_
_x000D_
समितिले दैनिक उपभोग्य वस्तुको कालाेबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। चाडपर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिएकी छन्।
_x000D_
_x000D_
यसैगरी, भत्किएको कालीगण्डकी तटबन्ध अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एक वर्ष नबित्दै तटबन्ध भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसमेत समितिले निर्देशन दिएको छ।
_x000D_
_x000D_
बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए। स्थानीय समिति बनाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्न लागिएको पनि उनले जानकारी दिए।
_x000D_
_x000D_
मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको समितिलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।