सुन्दर अनुहारमा अझै निखारता ल्याउन महिलारु विभिन्न सौन्र्दयका साधनहरु प्रयोग गर्छन् । तर, कतिपय अवस्थामा यी सौन्दर्यका साधनले महिलाको स्वास्थमा गम्भीर र प्रतिकूल प्रभाव पारेको हुन्छ । सौन्र्दयमा प्रयोग हुने विषाधीले क्यान्सर सम्म हुन सक्ने विज्ञहरुले सचेत गराएका छन्।
_x000D_
_x000D_
आइलाइनर
_x000D_
हाम्रो आँखा संवेदनशिल हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय महिलाले आँखामा ‘आइलाइनर’ प्रयोग गर्छन । तर, आँखाको भित्री ढकनीमा सिसाकलमको प्रयोग गर्दा हाम्रो आँखाको दृष्टि गुम्ने सम्म खतरा हुने विज्ञहरु बताउँछन् । आइलाइनरमा प्रयोग हुने रंगमा तेल, सिलिकन, गम, मैन लगायतका बस्तुहरुको प्रयोग हुने भएकाले यसले आँखालाई रातो बनाउने, व्याक्टेरियाले संक्रमण गर्ने र धमिलो दृश्य देखिने हुन्छ । आई एन्ड कन्ट्राक्ट लेन्स नामक जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार आईलाइनरमा प्रयोग हुने रसायनयुक्त चिज आँखाका लागि हानीकारक हुने पुष्टि भएको छ।
_x000D_
_x000D_
क्यानडा युनिर्भसिटी अफ वाटरलुका डा. अलिसनका अनुसार आइलानर कोर्न प्रयोग हुने पेन्सिलका कणहरु आँखामा प्रयोग गरेको पाँच मिनेटमा नै आँखाभित्र पुगी अशर गर्छन् र यसलाई सामान्य तरिकाले सफा गर्न समेत सकिदैन । चस्मा लगाउने महिलाको आइलाइनर सिसमा जम्छ । तसर्थ, सुत्नु अगाडि सम्पूर्ण मेकअप पखाल्नुपर्ने विज्ञहरु बताउँछन्।
_x000D_
_x000D_
लिपिस्टक
_x000D_
कतिपय महिला लिपिस्टक बिना आफूहरु पूर्ण नभएको महशुस गर्छन्। तर, अधिकांश अध्ययनले लिपिस्टिकमा लिडलगायत हानीकारक धातु रहको पुष्टि गरेका छन् । लिपिस्टिकमा क्याडमियम, अल्मुनियम लगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानी गर्ने मात्र होइन गर्भवती महिलाको भ्रूणमा समेत अशर गर्ने विज्ञहरु बताउछन्।
_x000D_
_x000D_
पिस्टकमा लिड लगायतका हानीकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपिस्टक त्यस्ता खनिजहरुबाट बनाइएको हुन्छ जसको स्रोत विषालु हुन्छ।
_x000D_
_x000D_
युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनमा धेरै पटक लिपिस्टक प्रयोग गर्ने महिलामा छालाको क्यान्सर लगायतको गम्भीर रोग हुने गर्छ । अल्मुनियम जस्तो विषाधियुक्त धातुबिना लिपिस्टक बनाउन नसकिने भन्दै यसले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ । कतिपय अवस्थामा लिपिस्टकमा भएका रसायन मुख भित्र पुगी शरिरमा क्यान्सर हुनेसम्म विज्ञहरु बताउँछन्।
_x000D_
_x000D_
अनुहारमा लगाउने क्रिम
_x000D_
अनुहारमा दल्ने विभिन्न क्रिमहरु पनि रसायनहरुको मिसावट हुने भएकाले सकभर यस्ता उत्पादन प्रयोग नगर्न विज्ञहरु सल्लाह दिन्छन् । फेस क्रिममा प्रयोग हुने मिथेनका कणले अनुहारमा एलर्जी बढाउनुका साथै राता दागहरु देखाउँछ । यस्ता क्रिमको प्रभाव महिनौंपछि पनि देखिन सकिने बताइन्छ । क्रिमका रसायनले आँखा र अनुहारको नरम छाला उक्किने, घाउ आउने र बिस्तारै दीर्घकालिन रुपमा छालाको रोग लाग्ने गरेका छन् ।
_x000D_
_x000D_
नङ पालिस
_x000D_
त्यस्तै, नङ पालिसमा राखिने रसायन छालामा एलर्जी हुनुका साथै क्यान्सरसम्म हुन सक्छ । नङ पालिसको प्रभाव आँखाको ढकनी, मुख वरपर र घाँटीमा सोझै देखिने लन्डनस्थित सौन्र्दयविज्ञ निकोलस लोई भन्छिन् । नङ पालिस लगाउदा मात्र होइन घोट्दा पनि हात लगायत छालाका संवेदनशिल स्थानामा लत्तपत्तिने भएकोले एलर्जी लगायतका समस्या ल्याउने गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।