कञ्चनपुर– भीमदत्त नगरपालिकाका दुई वडाका २ हजार ५ सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य सुरु गरिएको छ।
_x000D_
_x000D_
नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा ९ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य सुरु गरिएको हो।
_x000D_
_x000D_
नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का १ हजार २ सय र ५ का १ हजार हजार ३ सय बासिन्दा खानेपानी सुविधा पाउनेछन्।
_x000D_
_x000D_
खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुर्याउने लक्ष्य राखिएको बताए। ‘उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको हो,’ संस्थानका कार्यालय प्रमुख श्रेष्ठले भने, ‘यो वर्षभित्र पानी उपलब्ध गराउँछौँ।’
_x000D_
_x000D_
चालू आवमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने कार्यालय प्रमुख श्रेष्ठको भनाइ रहेको छ।
_x000D_
_x000D_
आयोजनाअन्तर्गत ४ सय ५० घनमिटरका २ ट्यांकी निर्माण गरिनेछन्। नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले खानेपानी सञ्चालन भएपछि नल्काको पानी खानुपर्ने बाध्यता हट्ने बताए।
_x000D_
_x000D_
यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ।
_x000D_
_x000D_
चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या हुँदा स्थानीय बसिन्दाले निकै सास्ती खेप्दै आएका छन्।
_x000D_
_x000D_
आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन्।
_x000D_
_x000D_
नगरबासीलाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।