काठमाडौँ– बौद्धविद्वानले नेपालको एक मात्र लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासका लागि सरकारले विशेष ध्यान जानुपर्नेमा जोड दिएका छन्।
_x000D_
_x000D_
शनिबार ललितपुरमा भएकाे ‘लुम्बिनी बौद्ध विश्वविद्यालय विगत र वर्तमान’ विषयक प्रवचन गोष्ठीमा उनीहरुले उक्त विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा बौद्ध धर्ममा विशेष ज्ञान भएका बौद्ध विद्वानलाई प्राथमिकता दिइनुपर्ने माग गरे।
_x000D_
_x000D_
विगतमा दुई जना उपकुलपतिको नेतृत्व रहँदा एउटा सामान्य भवन १ करोडको बजेटमा मात्र सीमित रहेको, पाँच जना शिक्षक सहायकले विश्वविद्यालय सञ्चालन गरिरहेको पाइएको, दुई बिगाहा तीन कट्ठा जग्गामा सीमित रहेको जानकारी दिइयो।
_x000D_
_x000D_
बितेको चार वर्षमा विश्वविद्यालयले उपकुलपतिको निवास, पुरुष तथा महिला छात्रावास भवनसहित थप आठ वटा भवन निर्माण कार्य सम्पन्न गरेको, विगतमा एक करोडको बजेट रहेको विश्वविद्यालयलाई बढाउँदै हाल १३ करोड पुर्याइएको, ३६ वटा प्राज्ञिक उपाधि स्थापना गरेको, थेरवाद, महायान तथा बज्रयान बौद्ध धर्मको प्राज्ञिक गुरुयोजना तयार पारेको जानकारी दिइयो।
_x000D_
_x000D_
कार्यक्रममा प्रकाण्ड बौद्ध विद्वान उत्पादन गरी नेपालको लुम्बिनी, खास्ती, स्वयम्भू, नमोबुद्ध आदि विषयमा विद्वान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डां नरेशमान बज्राचार्यले जानकारी दिए।
_x000D_
_x000D_
उनले हाल विश्वविद्यालयभित्र १२ वटा विभाग स्थापना गरी पाली, संस्कृत, तिब्बत भाषामा अध्ययन गर्ने सुविधा प्रदान गर्नुका साथै निकत भविष्यमा चिनियाँ भाषामा पनि बौद्ध धर्म अध्ययन गर्ने अवसर प्रदान गर्ने बताए।
_x000D_
_x000D_
यस विश्वविद्यालयमा हाल तीन जना प्राध्यापक तथा छ जना उपप्राध्यापकको व्यवस्था गरेको तथा कूल ७ सय ३६ जना विद्यार्थी अध्ययनरत रहेकामा २६९ जना उत्तीर्ण गरेको जानकारी दिइयो।
_x000D_
_x000D_
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौदिन्यले लुम्बिनी बौद्ध विश्वविद्यालयमा चुनौती र अवसर दुवै रहेको बताए।
_x000D_
_x000D_
उनले यो विश्वविद्यालयको समुचित विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै बुद्धधर्मलाई अनुसन्धान गर्ने विद्यार्थीलाई पढ्ने अवसरका लागि पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
बौद्ध विद्वान आचार्य जिग्दोल लामाले मानव जीवनमा सुखी जीवन जीउन बुद्ध दर्शनको अध्ययन आवश्यक भएको बताउँदै बुद्ध दर्शनले देश, समाज तथा परिवारमा खुशी ल्याउने बताए।
_x000D_
_x000D_
बौद्ध विद्वान डा बज्रराज शाक्यले बुद्धधर्म सबैको हित गर्ने सिद्धान्त हो र कुनै पनि प्राणीको दुःखबाट मुक्तिका लागि बुद्धधर्म आवश्यक भएको दाबी गरे। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।