भक्तपुर- आगामी पाँच वर्षभित्र भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने योजनासहित पाँचवर्षे खानेपानी तथा सरसफाइ रणनीतिक योजना सार्वजनिक गरिएको छ।
_x000D_
_x000D_
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले नेपालमै पहिलो पटक यसप्रकारको रणनीति सार्वजनिक गरेको हो। प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले र प्रदेश सांसदले रणनीतिक योजना सार्वजनिक गरेका हुन्।
_x000D_
_x000D_
सन् २०३० सम्म पूर्ण सरसफाइयुक्त देश बनाउने सरकारको लक्ष्य पूरा गर्न नेपालमै पहिलो पटक भक्तपुरले पाँच वर्षभित्र पूर्ण सरसफाइयुक्त बनाउने रणनीति बनाएको बताउँदै यसलाई पूरा गर्न जिल्लाको चारवटै नगरपालिका सक्रिय हुनुपर्ने बस्नेतले बताए।
_x000D_
_x000D_
'हाम्रो पहलमा ७२ करोडको लागतमा हनुमन्ते र मनोहरामा ढल बिछ्याउने काम भइरहेको छ, जग्गा विवाद, खोला अतिक्रमण र खोला नै व्यक्तिको नाममा नामसारी भएका कारण २५ किलोमिटरमध्ये दुई वर्षमा ११ किलोमिटरमा मात्रै ढल राख्ने काम भएको छ, अझै १४ किमी बाँकी नै छ, हनुमन्ते करिडोर निर्माण शुरु भएको छ यस वर्ष ८१ करोडको लागतमा हनुमन्ते करिडोर बन्दैछ, त्यसका लागि यस वर्ष रु एक अर्ब बजेट थपिँदै छ, आगामी तीन वर्षभित्र करिडोर निर्माण सकिन्छ, त्यसपछि भक्तपुर सफा हुन्छ' उनले भने।
_x000D_
_x000D_
कार्यक्रममा प्रदेश ३ का प्रदेश सदस्य शशिजङ्ग थापाले प्रत्येक नागरिकले आफ्नो घरभित्रको फोहर आफैं सफा गर्ने र त्यसको सही व्यवस्थापन गर्न सके सफाइ अभियान चलाउँनै नपर्ने जिकिर गरे।
_x000D_
_x000D_
त्यस अवसरमा प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठले मानिसको मानसिकता र सोच्ने शैली सफा हुन सक्यो भने मात्र घर र समाज सफा हुने धारणा राखे। अर्का प्रदेश सदस्य रजनी जोन्छेले राजनीतिक प्रतिशोध नराखी सबै एक ढिक्का भएर सरसफाइ अभियानलाई सार्थक बनाउन एकजुट हुनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।