धनगढी- नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशमा अध्यक्षका प्रत्यासी श्रीकृष्ण भट्टले अग्रता लिएका छन्। शनिबार भएको संघको निर्वाचनमा सुदुरपश्चिमबाट ३९ मत प्राप्त गरी भट्टले अग्रता लिएका । उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले १४ मत प्राप्त गरेका छन्। कुल ५४ मत खसेकोमा अध्यक्ष पदमा एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
_x000D_
_x000D_
त्यस्तै उपाध्यक्षमा कृष्णमान शाक्यले ३१ मत प्राप्त गरे भने अर्का प्रत्यासी सुदर्शन पौडेलले १९ मत प्राप्त गरे। महासचिवमा महेश्वर श्रेष्ठले २६ मत, सचिवमा रामानन्द पण्डितले १५ मत, कोषाध्यक्षमा विनोद जोशीले ३६ मत र सह कोषाध्यक्षमा सञ्जीवकुमार शाहले २६ मत प्राप्त गरेका छन्।
_x000D_
_x000D_
त्यस्तै जितेन्द्र नायकले १६, निधुराम दंगालले २७, राजनबाबु सिलवालले २३, रामचन्द्र सिन्हाले २३, रविकान्त मिश्रले ३३, श्रीकृष्ण बस्नेतले २०, गजेन्द्रप्रसाद यादवले १२, रोशन लामाले २८ र विमला भट्टले ३० मत प्राप्त गरी अग्रता लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।