काठमाडाैं- महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सरल र सुलभदरमा ऋण उपलब्ध गराउने बताएकी छन्। शनिबार ललितपुरमा आयोजित महिला उद्यमीहरूको एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ ब्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन्।
_x000D_
_x000D_
महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ ब्याजको ऋणलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशीलताको विकास गर्न सकिने उनले उल्लेख गरिन्।
_x000D_
_x000D_
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्यून संख्यामा मात्र महिला उद्यमी रहेको भन्दै सीप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए।
_x000D_
_x000D_
उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीको एकदिने कार्यशाला गोष्ठी आयोजना गरेको हो। महिलाले संञ्चालन गरेका उद्योगको विकास र प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना सरकारले ल्याउनुपर्नेमा गोष्ठीमा सहभागी महिला उद्यमीले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।