नुवाकोट- देश संघीयतामा गएसँगै खारेजीमा परेका जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीले तीन महिनायता तलबभत्ता पाउन सकेका छैनन्। साविकका सरकारी कार्यालय कुन रूपमा राख्ने र कर्मचारीको समायोजन कसरी गर्ने भनी टुंगो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन्।
_x000D_
_x000D_
‘नयाँ आर्थिक वर्ष सुरु भएपछि कर्मचारीले तलबभत्ता नपाएको र चाडपर्व समेत नजिकँदै गएको अवस्थामा नुवाकोटका कर्मचारीमा अन्यौल देखा परेको छ। साउनदेखि नै तलबभत्ता पाएको छैन, कर्मचारीको बिजोक हुन लागिसक्यो’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर राजीव रिमालले भने।
_x000D_
_x000D_
सरकारी बजेट विनियोजन नभएकोले तलबभत्ता कहाँबाट खुवाउने अन्यौल भएको जिल्ला पशु कार्यालय नुवाकोटको कामु प्रमुख वकहर मण्डलले बताए। कामु मण्डलले कार्यलयका कर्मचारीले तलब नपाएको ३ महिना हुन लागेको जानकारी दिए। कार्यालय प्रदेश सरकार मातहत नै रहने निश्चित भएपनि तलब निकासा नभएकोमा कर्मचारीको काम गर्ने उत्साह कमजोर भएको उल्लेख गरे।
_x000D_
_x000D_
लामो समयसम्म कर्मचारीको तलब निकासा नहुँदा कर्मचारीको मनोबल कमजोर हुने आधिकारिक ट्रेड युनियन नुवाकोटका कार्यवाहक अध्यक्ष मछिन्द्रसिंह क्षेत्रीले बताए। ‘परिवार र बालबच्चा सम्हाल्न समेत समस्या पर्न थालिसक्यो’ क्षेत्रीले भने।
_x000D_
_x000D_
तत्कालीन जिल्ला कृषि विकास कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला वन कार्यलयका कर्मचारीले तलबभत्ता पाएका छैनन्। नयाँ व्यवस्था अनुसार काम कारबाहीको प्रकृति फेरिएको शिक्षा विकास तथा समन्वय एकाईका कार्यलयको कर्मचारीले पनि तलबभत्ता पाएका छैनन्। समयमा नै तलबभत्ता प्राप्त नहुँदा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटका कर्मचारीमा समेत अन्यौल छाएको एकाइ प्रमुख मदनकुमार थापाले बताए। एकाइमा कार्यरत कर्मचारीको तलब शिक्षा विभागबाट आउने निश्चत भएपनि निकासा नहुँदा कर्मचारी मर्कामा परेको बताए।
_x000D_
_x000D_
प्रदेश सरकार मातहत रहने कार्यालयको तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय नुवाकोटले जानकारी दिएको छ। कार्यालयका अनुसार जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय, जिल्ला वन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, खानेपानी डिभिजन कार्यालय र भु–संरक्षण कार्यालयका कर्मचारीको तलब निकासा साउन महिनादेखि भएको छैन।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।