दाङ– राप्ती उपक्षेत्रीय अस्पताल औपचारिक रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएको छ। लामो विवाद र छलफलको विषय बन्दै आएको प्रतिष्ठानले स्थापना भएको झण्डै एक वर्षपछि अस्पताल पाएको हो।
_x000D_
_x000D_
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एक कार्यक्रम गरी अस्पतालको चल–अचल सम्पत्ति र जनशक्ति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ।
_x000D_
_x000D_
प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले संयुक्त विज्ञप्तिमार्फत अस्पतालको सम्पत्ति तथा कारो बार प्रतिष्ठानलाई हस्तान्तरण गरे।
_x000D_
_x000D_
मन्त्रालयका प्रतिनिधि डा. विनोदकुमार गिरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको रोहवरमा प्रतिष्ठानका उपकुलपति डा. भण्डारी, रजिष्ट्रार रामप्रसाद प्याकुरेल र अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बराललाई अस्पताल हस्तान्तरण गरिएको हो।
_x000D_
_x000D_
अब अस्पतालबाट पुर्याउँदै आएको सेवा प्रतिष्ठान मार्फत सञ्चालन हुने बताइएको छ।
_x000D_
_x000D_
गुणस्तरीय सेवामा केन्द्रित हुन्छौं : प्रतिष्ठान
_x000D_
_x000D_
यसैबीच अस्पतालका निर्देशक डा. बरालले आफूहरु अब गुणस्तरीय सेवामा केन्द्रित रहने बताएका छन् ।
_x000D_
_x000D_
स्वास्थ्य सेवा, पढाइ र अनुसन्धान प्रतिष्ठानका मुख्य काम भएको उल्लेख गर्दै उनले अन्य काम विस्तारै सुरु हुने भएकाले अहिले सम्पूर्ण ध्यान स्वास्थ्य सेवामा केन्द्रित गर्ने बताए ।
_x000D_
_x000D_
उनले अब अस्पतालको अवस्था अध्ययन गरेर आइसियू र एनआइसियू, डायलासिस लगायतमा ध्यान दिने बताए ।उनले यहाँ आउने विरामीलाई अन्यत्र रिफर गर्ने स्थिति रो क्न आफूहरु पूर्णरुपमा लाग्ने बताए ।
_x000D_
_x000D_
जनशक्ति कति चाहिन्छ अध्ययन गरेर सिनेटले पास गरेको योग्यताअनुसार जनशक्ति पूर्ति गरिने पनि उनले बताए।
_x000D_
_x000D_
उपकूलपति डा. भण्डारीले पनि प्रतिष्ठानको पुरै ध्यान स्वास् थ्य सेवामा केन्द्रित हुने बताए । ‘दाङबासीको चाहना हामीले बुझेका छौं’, उनले भने, ‘हामी तुरुन्त परिणाम देखाउने गरी काम गर्नेछौं, यहाँ आएका को ही पनि बिरामी आर्थिक समस्याले फर्कनुपर्ने छै न ।’ भएको जनशक्तिलाई अपग्रेड र नयाँ जनशक्ति थप गरेर काम अघि बढाउने उनले बताए।
_x000D_
_x000D_
सफलता समन्वयमा निर्भरः मन्त्रालय
_x000D_
_x000D_
स्वास्थ्य मन्त्रालयको प्रतिनिधिको रुपमा आएका प्रदेश नम्बर ५ का स्वास् थ्य निर्देशक डा. विनोदकुमार गिरीले समन्वय गरेर अघि बढ्न प्रतिष्ठानलाई सुझाव दिए।
_x000D_
_x000D_
अब संघीय सरकार, विकास समिति र प्रतिष्ठानका गरी तीन तहका चिकित्सक कर्मचारी रहने उल्लेख गर्दै उनले तीन तहका कर्मचारी र स्थानीयबासीसँग सहकार्य गरेर अघि बढ्न नसके प्रतिष्ठान धराशायी हुनसक्ने खतरा औंल्याए।
_x000D_
_x000D_
पोखराको अनुभव सुनाउँदै उनले भने , ‘समन्वय नगरे र प्रतिष्ठान एक्लै अघि बढ्न खोजे धेरै समस्या आउने गरेका छन्, कर्मचारी नियमावली नबनाएर आफूखुशी कर्मचारी नियुक्त गर्दा मुद्दा पर्ने सम्भावना पनि उत्तिकै रहन्छ, यसप्रति सजग रहनुहो ला।’
_x000D_
_x000D_
अब प्रतिष्ठान बलियो बनाएर जानुपर्ने उल्ले ख गर्दै उनले मन्त्रालय मातहतका चिकित्सक कर्मचारीलाई नआत्तिन पनि आग्रह गरे।
_x000D_
_x000D_
विस् तारै प्रतिष्ठान बलियो बन्दै गए मन्त्रालयले कर्मचारीलाई तान्दै लैजाने भएकाले कोही पनि आत्तिन जरुरी नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।