कास्की– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ।
_x000D_
_x000D_
स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए।
_x000D_
_x000D_
चंगा उडाएर खेलिरहेका बालक पुन चंगा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए। पोलमा चढ्ने बित्तिकै उनी नांगाे तारमा अड्किएको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नांगाे तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो।
_x000D_
_x000D_
मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।