काठमाडाैं– राजधानीको न्यूरोडस्थित भूगोलपार्क र पिपलबोटमा नेपाली साहित्यका धेरै चर्चित गतिविधि भएका छन्। २०३६ सालको सडक कविता क्रान्तिदेखि बुटपालिस लगायतका साहित्यिक आन्दोलन पनि न्युरोडबाटै सुरू भएको थियो।
_x000D_
_x000D_
शुक्रबार साँझ यस्तै झल्को दिने कार्यक्रम भएको छ। ‘स्रष्टा प्रतिष्ठान नेपाल’ ले आयोजना गरेको बलात्कारविरूद्ध रचना वाचन कार्यक्रममा नयाँ र पुराना स्रष्टाको उपस्थितिकामाझ बढ्दो सामाजिक हिंसा र दण्डहीनताको विरूद्धमा कविहरूले कविता वाचन गरे।
_x000D_
_x000D_
नवीन चिरागको मुक्तक वाचनसँगै सुरु भएको रचना वाचनमा देवकी अभिलासीले ‘आधुनिक दास’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् भने सुनिता खनालले ‘केही नाङ्गा प्रश्नहरू’ शीर्षकको कविता सुनाएकी थिइन्। दिपक थापाले ‘विरुद्ध’ शीर्षकको कविता, कवि निर्भिक जंग रायमाझीले ‘कालो अबीर’ शीर्षकको कविता प्रस्तुत गरेका थिए। रचना वाचनकै क्रममा कविहरू प्रज्ज्वल अधिकारी, विक्रम पवन, जीवन खत्री, रसिक राज, र विना थिङ तामाङ र गीता कार्कीले पनि आ–आफ्ना कविता सुनाए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. बिष्णु विभु घिमिरेले जबजब देशमा विकृति बढ्छ तब स्रष्टाहरु आवाज उचो बनाउने गरेको बताए।
_x000D_
_x000D_
उनले विगतमा जुत्तामा पालिस गरेर विरोध भएकोदेखि ६०र ६३को स्रष्टाहरुले सिर्जना मार्फत गरेको आन्दोलनको स्मरण गरे। घिमिरेले भने, ‘यी विभिन्न आन्दोलनको सुरुवात स्थल न्यूरोड भूगोल पार्क भएको र आज ‘बलात्कार विरुद्ध रचना वाचन’ जस्तो उल्लेखनीय कार्यक्रम पनि यही स्थानमा हुँदा सुरक्षा व्यवस्थाको लागि बलियो दबाव हुन्छ ।’
_x000D_
_x000D_
कार्यक्रम स्रष्टा प्रतिष्ठानकी अध्यक्ष अमृता स्मृतिको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।