भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए।
_x000D_
_x000D_
परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५ सय ८ प्रहरी परिचालन गर्ने उनले बताए।
_x000D_
_x000D_
सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च सतर्कता अपनाइ सुरक्षा व्यवस्थालाई कडा पार्ने भएको छ।
_x000D_
_x000D_
प्रहरीले घरेलु मदिरा, जुवातास, लङ्गुरबुर्जालगायत सामाजमा विकृति ल्याउने गतिविधिलाई पूर्णरूपमा निषेध गर्ने रणनीति लिएको छ।
_x000D_
_x000D_
आवश्यकताअनुसार जगाती चेक प्वाइन्टलागायतका नाका, व्यापारिक स्थान तथा अन्य स्थानमा तालिम प्राप्त कुकुरको प्रयोग गरी स्निफिङ व्यवस्था गरिने, विगतमा अपराध गरी फरार, सजाय भुक्तान गरेका, अदालतबाट छुटेका र अन्य आपराधिक गतिविधिमा लागेकाको पहिचान गरी निगरानी बढाउने भएको छ।
_x000D_
_x000D_
प्रहरीले ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती बढाउने, छड्के चेकिङ गर्ने, होटल, लज, रेष्टुराँ, पुलहाउसलाई निगरानी बढाउने, टोल–टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।