नवलपरासी– पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा भित्र्याइएको करीब ५० हजार मूल्य बराबरको कुखुराका चल्ला शुक्रबार प्रहरीको टोलीले बरामद गरी नष्ट गरेको छ।
_x000D_
_x000D_
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ मा जिल्ला प्रहरी कार्यालयको प्रहरी गस्ती टोलीले बरामद गरेको करीब १ सय चल्ला बरामद गरी नष्ट गरेको हो।
_x000D_
_x000D_
चल्ला चोरीनिकासी गरी भारतबाट नेपाल ल्याउँदै गर्दा कारोबारीले प्रहरीलाई देखेपछि वेवारिसे अवस्थामा छाडी भागेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
प्रहरीले कुखुरा बरामद गरे पनि कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन।
_x000D_
_x000D_
प्रहरी टोलीले कुखुरा व्यवसायी समिति नवलपरासीका प्रतिनिधिको रोहबरमा कुखुरा प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।