नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन्।
_x000D_
_x000D_
भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो।
_x000D_
_x000D_
गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नहरमा फेला परेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी गरेपछि प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नजिकैबाट शव फेला परेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।