नुवाकाेट– दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन्।
_x000D_
_x000D_
दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जंगलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए।
_x000D_
_x000D_
जंगल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अंगमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ। शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।