बिबिसी - बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ ।
_x000D_
_x000D_
सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए ।
_x000D_
_x000D_
सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए । उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने र ‘बडी इमेज’का आधारमा अंक दिन भनिएको थियो ।
_x000D_
_x000D_
सर्वेक्षणको परिणाम मध्यनजर गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत बेलायती संस्था द रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपिएच)ले सामाजिक सञ्जालका प्रयोगकर्ता विशेषगरी युवालाई यस्ता ‘कन्टेन्ट’बाट जोगाउन आह्वान गरेको छ ।
_x000D_
_x000D_
आरएसपिएचले सावधानीका लागि मानसिक समस्याग्रस्त युवाको पहिचान यस्ता सामाजिक सञ्जालले गर्नुपर्ने बताएको छ । उसले आफ्नो प्रतिवेदनमा सामाजिक सञ्जालले युवाहरूमा गम्भीर मानसिक समस्या सिर्जना गरिरहेको हुनसक्ने चेतावनी पनि दिएको छ ।
_x000D_
_x000D_
अहिले विश्वभर नै करिब ९० प्रतिशत युवा सामाजिक सञ्जाल उपयोग गर्छन्, त्यसैले सबैभन्दा धेरै जोखिम पनि युवाहरूलाई नै छ । र, यसबाट सबैभन्दा धेरै नकारात्मक प्रभाव पनि युवाहरूमाथि नै पर्छ ।
_x000D_
_x000D_
आइला अहिले बीस बाइस वर्षकी छिन् । किशोर उमेरमा उनी निकै डिप्रेस थिइन् । त्यसैबेला उनी सामाजिक सञ्जालको दुनियाँमा प्रवेश गरिन् ।
_x000D_
‘मलाई अनलाइन कम्युनिटीले उनीहरूसँग सहभागी छु भनेर अनुभूति गराए र मेरो अस्तित्वको पनि । यसपछि मैले वास्तविक जीवनमा आफ्ना साथीहरूलाई बेवास्ता गर्न थालें,’ उनी भन्छिन्, ‘र आफ्नो सबै समय अनलाइन साथीहरूसँग कुराकानीमा बिताउन थालें ।’
_x000D_
_x000D_
उनले आफू १६ वर्षकी हुँदा ६ महिनासम्म डिप्रेसनग्रस्त भएको र त्यो समय आफ्ना लागि नारकीय भएको बताइन् ।
_x000D_
_x000D_
‘डिप्रेसनका बेला सामाजिक सञ्जालले मलाई झन् डिप्रेस बनायो,’ उनले भनिन्, ‘किनभने म आफूलाई सञ्जालमा हुने अरुसँग तुलना गर्थें र झन् डिप्रेस हुन्थें ।’
_x000D_
आफू १९ वर्षकी हुँदा डिप्रेसनको एउटा अर्को अध्याय जोडिएको र सामाजिक सञ्जालका साथीहरूले अनेक थरी गरेको देखेर मनमनै डाहा भइरहने उनले बताइन् ।
_x000D_
_x000D_
तर त्यसपछि उनले सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि थाहा पाइन् ।
_x000D_
‘मैले मानसिक स्वास्थ्यसम्बन्धी धेरै ब्लग लेखें र धेरैजनासँग यसबारे गतिला कुराकानी समेत गरें,’ उनी भन्छिन्, ‘५÷६ वर्षअघिका मेरा अनलाइन मित्रमध्ये केहीसँग त भेटघाट पनि गरिसकें ।’
_x000D_
_x000D_
युट्युब सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक
_x000D_
_x000D_
अनलाइन गरिएको सर्वेक्षणमा सहभागीहरूसँग फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटबाट पर्ने मानसिक असरबारे सोधिएको थियो । पाँचै सामाजिक सञ्जालबारे सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका १४ प्रश्नमा अंक÷स्कोर दिनुपर्ने थियो ।
_x000D_
_x000D_
यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो । फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए ।
_x000D_
आरएसपिएचमा आबद्ध शर्ली क्रेमर भन्छिन्, ‘इन्स्टाग्राम र स्न्यापच्याटलाई सबैभन्दा खराब मानिनु रोचक रह्यो । दुवै सञ्जाल तस्बिर केन्द्रित भएकाले दुवैले युवाहरूलाई अक्षम र व्यग्र बनाइरहेको हुनसक्छ ।’
_x000D_
_x000D_
बिबिसीले यसबारे कुराकानी गर्न प्रयास गरे पनि इन्स्टाग्रामले कुनै उत्तर दिएन ।सर्वेक्षणको निष्कर्ष मध्यनजर गरी केही स्वास्थ्य विशेषज्ञले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग केही कदम चाल्न आग्रह गरेका छन् । जस्तै :
_x000D_
_x000D_
– लामो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्क्रिनमा एउटा चेतावनीको पप–अप दिने (सर्वेक्षणका ७० प्रतिशत सहभागीद्वारा समर्थन) ।
_x000D_
– मानसिक समस्याग्रस्त प्रयोगकर्ताको पहिचान गर्ने र समस्याबाट छुट्कारा पाउन सहायता गर्ने संस्था÷ठाउँबारे उनीहरूलाई जानकारी दिने ।
_x000D_
– फैसन ब्रान्ड, विज्ञापन वा विशिष्ट व्यक्तित्वका डिजिटली बिगारेका तस्बिरमा कुनै आइकन वा चिह्न÷संकेत आउनुपर्ने, जसबाट उनीहरूलाई ठम्याउन सकियोस् ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।