पाल्पा- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन्। सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले सरकारको विरोध र सहयोग गर्ने उनले बताए।
_x000D_
_x000D_
नेपाल प्रेस युनियन पाल्पाद्वारा सोमबार बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली काङ्ग्रेसले मद्दत गर्ने बताए।
_x000D_
_x000D_
यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित पदाधिकारीले पदस्थापना गरेका छन्। युनियनका पदाधिकारीलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।