काठमाडौं- गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई ज्यान मार्ने मुद्दामा सात दिन म्याद थपी अनुसन्धान गर्न पाटन उच्च अदालतले आदेश दिएको छ। ललितपुरका एसपी शेखर खनालले अधिकारीलाई सात दिन म्याद थप भएको जानकारी दिए।
_x000D_
_x000D_
उच्च अदालत पाटनका अधिकृत रोशन बस्नेतलाई हातपात तथा भौतिक संरचना तोडफोड गरेको अभियोगमा प्रहरीले आइतबार अधिकारीलाई नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
इजलास अधिकृतलाई आक्रमण गरेका अधिकारीले कुर्सी, दराजलगायतका सामाग्री तोडफोड गरेका थिए।
_x000D_
_x000D_
बिचौलिया बनेर वारिशनामा मार्फत् अदालतमा चलिरहेको मुद्दा हारेपछि हातपात तथा तोडफोड गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।