काठमाडाैं- दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी महासंघको सोमबार बसेको बैठकले असोज ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
यसअघि सरकार र महासंघबीच इन्धनको मूल्यवृद्धिमा विवाद उत्पन्न भएपछि असोज ५ बाट गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकिएको थियो।
_x000D_
_x000D_
सरकारले १० प्रतिशत गाडीभाडा वृद्धि गर्ने भएपछि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।