काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
_x000D_
_x000D_
नागरिकता ऐनसम्बन्धी विधेयकका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा बोल्दै खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न संघीय संसद र सरकारले सो विधेयकलाई सच्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारेका हुन्।
_x000D_
_x000D_
नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’प्रति असन्तुष्टि जनाएका हुन्। संघीय संसदमा विचाराधीन सो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई खबरदारी गर्न नागरिक समाजका अगुवालाई आग्रह गरे।
_x000D_
_x000D_
नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनुपर्ने आवश्यकता उनले औंल्याए। वहाँले नागरिकता वितरण सम्बन्धी हालको विवाद समाधान गर्न राष्ट्रिय बहसकै आवश्यकतामा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।