काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले जस्तो अनुकुल अवस्थामा पनि जनअपेक्षाअनुरुप कार्य गर्न नसकिए अर्को पटक जनताले नेकपालाई नपत्याउने बताएका छन् ।
_x000D_
_x000D_
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा प्रचण्डले नेकपालाई सबै तहमा अत्यधिक बहुमत रहेको अवस्थामा विकासका कार्य गर्न नसके अर्को निर्वाचनमा नेकपा पछि पर्ने बताए । उनले भने, ‘अत्यधिक बहुमत हुँदा पनि जनआंकाक्षा पूरा गर्न नसकिए जनता नेकपाको पक्षमा रहँदैनन्।’ आफ्नै पार्टीप्रति प्रश्न गर्दै उनले भने, ‘किन पत्याउने जनताले?’
_x000D_
_x000D_
विकासका कार्यमा प्रमुख प्रतिपक्षी दलले पनि अवरोध नगर्ने प्रतिवद्धता जनाएको उनले उल्लेख गरे । नेकपाले जनचाहना बुझ्न नसके पार्टी पछाडि पर्ने प्रचण्डले ठोकुवा गरे । ‘सम्पूर्ण काम गर्छौं भन्दाभन्दै परिणामतः गर्न सकेनौं भने हामीलाई पत्याइरहनु पर्दैन। त्यो कम्युनिष्ट पार्टीका लागि दुःखद् हुन्छ।’
_x000D_
_x000D_
उनले जिल्ला समन्वय समितिको कार्यक्षेत्राधिकार अझै पनि अन्योलमै रहेको उल्लेख गर्दै उनले जिल्ला विकास समिति राख्ने वा हटाउने विषयमा मतभेद भए तापनि अन्ततः जिसस गठन गर्ने विषयमा सहमति बनेको स्मरण गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।