सिचुवान– चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रका विश्वविद्यालय तथा मोबाइल उत्पादक कम्पनीहरुको अवलोकन गरेका छन्।
_x000D_
_x000D_
पोखरा महानगरपालिकाले यिपिन नगरसँग गत असोज १ गते भगिनी सम्बन्ध स्थापित गरेको थियो।
_x000D_
_x000D_
उपराष्ट्रपति पुनले शनिबार बिहान सिचुवान यूनिभर्सिटी एन्ड इन्जिनियरिङको भ्रमण गरेका थिए। सो क्रममा उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुसँग अन्तरक्रिया पनि गरेका थिए। उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उचो राख्न आग्रह गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘हिजो मैले यहाँका नगर सेक्रेटरीसँग भेटेँ। उहाँले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको सुनाउनुभयो। यो हाम्रो लागि ज्यादै खुसीको कुरा हो।,’ उपराष्ट्रपतिले पुनले थपे, ‘तपाईंहरुले अझै राम्रो गर्नुस्, तपाईंहरुले राम्रो नतिजा ल्याउँदा अरु नेपाली विद्यार्थीलाई पनि यहाँ आउन सहज हुन्छ।’
_x000D_
_x000D_
उपराष्ट्रपतिले आर्थिक रुपमा परिचित लिनकाङ क्षेत्रमा रहेका डोब र लिगो मोबाइल उत्पादन उद्योगको पनि अवलोकन भ्रमण गरेका छन्। पुन शनिबार नै आधुनिक चीनका भवन निर्माण डिजाइनका बुवा मानिने लियाङ सिछङको निवासमा पनि पुगेका थिए।
_x000D_
_x000D_


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।