भद्रपुर– माल्दिभ्समा मृत्यु भएकी एक नेपाली युवतीको शव स्वदेश ल्यायएको छ। झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको माल्दिभ्समा मृत्यु भएको थियो।
_x000D_
_x000D_
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर माल्दिभ्स गएकी उराजवंशीको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए।
_x000D_
_x000D_
सङ्गीताको शव शनिबार बिहान घर ल्याइपुर्याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ। सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताइन्।
_x000D_
_x000D_
माल्दिभ्सबाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौं विमानस्थलमा ल्याइएको थियो। सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि माल्दिभ्स गएकी थिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।