काठमाडाैं– नेपालमा शान्ति तथा पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नाम म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
_x000D_
_x000D_
नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो म्युजिक भिडियोको शुक्रबार एक विशेष कार्यक्रमबीच युरोपियन युनियनका राजदूत भेरोनिकाकोडी र बोर्डका कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरेका थिए।
_x000D_
_x000D_
म्युजिक भिडियो सार्वजनिक गर्दै राजदूत कोडीले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि यो गीत एउटा उत्कृष्ट माध्यम भएको बताए। त्यसैगरी बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एउटा संगीत मात्रै नभएर निकै सराहनीय उद्देश्यका लागि सिर्जना गरिएकोले यसले नेपालमा शान्ति तथा पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बताए।
_x000D_
_x000D_
६ मिनेट ३० सेकेण्ड अवधिको गीतमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशी, क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारले समेत आवाज दिएका छन्।
_x000D_
_x000D_
गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान संगीत विद्यालय चेन्नईका विद्यार्थीहरूको आवाज समेत सुन्न सकिन्छ। रञ्जन झाको संगीत संयोजन रहेको उक्त म्युजिक भिडियोको निर्देशन मिरा अरदले गरेकी हुन्। गीतमा तबला, सारंगी, बाँसुरी, नगराजस्ता परम्परागत बाजादेखि बेस गीतार र ड्रमको उत्कृष्ट संयोजन रहेको छ।
_x000D_
_x000D_
जसलाई हिमाली श्रृंखला, त्यहाँको जीवनशैली, विविधतापूर्ण धार्मिक तथा सांस्कृतिक दृष्यहरूले निकै जीवन्त बनाएका छन्।
_x000D_
_x000D_
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। बोर्डले उक्त अभियानलाई सफल बनाउन विभिन्न नवीनतम गतिविधि सञ्चालन गरिरहेको छ। यो म्युजिक भिडियोको निर्माण पनि त्यस्तै गतिविधि अन्तर्गत गरिएको बोर्डले जनाएको छ।
_x000D_
_x000D_
गीत संगीतप्रति धेरै मानिस आर्कषित हुने भएकोले यसले विश्वमा नेपाल बारे थप जानकारी सञ्चार गर्ने विश्वास गरिएको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।