दाङ– दाङको तुलसीपुरबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ। ४३ हजार नगदसहित पाँच जुवाडेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निबासी ३३ वर्षीय तारा केसी, तुलसीपुर ८ निबासी ३१ वर्षीय सुरेन्द्र सिंह राठौर, तुलसीपुर २ का २७ वर्षीय शोभाराम वली, सल्यान थारमारे ५ का ३६ बर्षीय दिल बहादुर सुनार, सोही ठाउँका ४१ वर्षीय तेज बहादुर खड्का रहेका छन्।
_x000D_
_x000D_
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित बालकृष्ण डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
_x000D_
_x000D_
उनीहरुले जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको उनले बताए। उनीहरुलाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।