काठमाडौं–सरकारले असोज ३ गतेदेखि वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ।
_x000D_
_x000D_
भदौ ३१ गते सरकार र व्यवसायीबीच असोज ५ पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो।
_x000D_
_x000D_
सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सरकारको मुल्य वृद्धि निर्णय २४ घन्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै महासंघले विज्ञप्ती जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।