काठमाडौं- मलेसियामा विषाक्त रक्सी सेवन गर्दा १५ जनाको मृत्यु भएको छ। विषाक्त रक्सी सेवन गरी बिरामी परेका अन्य ३३ जनाको बिरामीको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले उल्लेख गरेको छ।
_x000D_
_x000D_
मंगलबार बेलुकासम्ममा १५ जनाको मृत्यु भएको समाचार मलेसियाली समाचार संस्था 'द स्टार' ले उल्लेख गरेको छ। यीमध्ये कम्तीमा पनि चार जना नेपालीके मृत्यु भएको छ। मृत्यु भएकामध्ये दुई जनाको नेपालीको नाम खुलेको छ। मृत्यु हुने नेपालीको संख्या बढ्न सक्ने मलेसियस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
_x000D_
_x000D_
मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।
_x000D_
_x000D_
मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन्।
_x000D_
_x000D_
विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएकाे छ। उनीहरुकाे मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहकाे छ। बिरामीकाे अवस्था सामान्य रहेकाे अस्पतालले दूतावासलाई जानकारी गराएकाे खरेलकाे भनाइ छ।
_x000D_
_x000D_
मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेकाे दूतावासले उल्लेख गरेकाे छ।
_x000D_
नेपाली कामदारको मृत्युका विषयमा मलेसियास्थित नेपाली दूतवासले जानकारी लिइरहेकाे बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।