बझाङ- बझाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको भएपनि महिनावारी भएका महिलाले भने अझै शौचालय प्रयोग पाउँदैनन्। स्थानीय जनताको अन्धविश्वासका कारण महिनावारी भएका महिलाले शौचालय प्रयाेग गर्न नपाएका हुन्। महिनावारी भएका महिलाले प्रयाेग गरेको शौचालय अशुद्ध हुने भन्दै उनीहरुलाई शौचालय प्रयाेग गर्न सामाजिक कुरीतिले अझसम्म रोकेकाे छ।
_x000D_
_x000D_
सबै घरमा शौचालय भएपनि महिनावारी भएको बेला ५ दिनसम्म शौचालय प्रयोग नगर्ने महिलाको संख्या धेरै रहेको पाईएको छ।
_x000D_
_x000D_
साविकका स्याडी र देउलेक गाविसका अधिकांश महिलाले महिनावारीका बेला शौचालय प्रयोग नगर्ने गरेको यहाँका स्थानीय बासिन्दाले बताएका छन्। घरमा एउटा मात्र शौचालय हुन्छ। छाउपडी (महिनावारी भएका महिला)ले प्रयोग गरेको शौचालय घरका अन्यले प्रयोग गर्दा छोइन्छ भन्ने मान्यताका कारण यस्तो बेलामा प्रयोग गर्न नदिइएको हाे। महिनावारी हुँदा अधिकांश महिनावारीका समयमा कान्ला र झाडीतिर दिशा जाने गरेका छन्।
_x000D_
_x000D_
महिनावारी भएका महिलाले टेकेको चिसो (ओसिलो) पाइलामा अरुले टेकेमा पनि छोइने र शौचालयमा पानी प्रयोग गर्नु पर्ने भएकोले शौचालय प्रयोग नगर्ने गरेको देउलेककी महिला स्वयंसेविका सरस्वती खड्काले बताइन्। 'जति सम्झाए पनि यहाँका स्थानीयले नमान्ने ररुढीबादी परम्परामा विश्वास गर्ने भएकाले स्थानीयलाई कुरा बुझाउन समस्या भएको छ' उनले भनिन्।
_x000D_
_x000D_
महिनावारी भएको महिलाले छोएका गाइभैंसी बिग्रिने, देउता रिसाएर घरमा अनिष्ट हुने अन्धविश्वासका कारण शौचालय प्रयोग गर्न नदिने गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।