काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ न्यूरोडमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ साढे ८ बजेतिर उक्त क्षेत्रमा जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सोही ठाउँमा बस्ने दीपा पुनको कोठाबाट उनीहरुलाई जुवाखालबाट पक्राउ गरिएको हो।
उनीहरुको साथबाट चार बूक तास र नगद एक लाख २२ हजार १७५ रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरुमा न्यूरोड बस्ने ३५ वर्षीया दीपा, पोखरा–१ बगरका ५४ वर्षीय जितबहादुर गुरुङ, पोखरा ११ का ३६ वर्षीया दिप्लव चोचाङ्गी, पोखरा–१८ साराङकोट बस्ने ३६ वर्षीया पवित्रा ढकाल र पोखरा–११ फुलबारीका ७१ वर्षीय तिर्थबहादुर गुरुङ रहेका छन्।
यस्तै पोखरा–१७ बिरौटाकी ५० वर्षीया आइती गुरुङ, पोखरा–१० रामबजारका ३५ वर्षीय अमर खनाल, पोखरा–१४ का ३६ वर्षीय कुलबहादुर गुरुङ र पोखरा–१७ बिरौटाका ३२ वर्षीय नविन थापा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।