काठमाडौं– चन्द्रागिरीस्थित सेतो पहरामा भएको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यससँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ।
शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमालचुलीको सेतो पहराबाट पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। भ्यानमा सवारमध्ये एक जना सकुशल छन्।
मृत्यु हुनेहरूमा स्मारिकासँगै ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम रहेका छन्।
मृतक ४ जनालाई पोस्टमार्टमका लागि दिउँसो ३:३० बजे त्रि.बि.शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।